फाल्गुन ११ , २०७८ ( वस्तुगत प्रश्नोत्तर) १ . कोहलपुरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रकाशन गृहको उद्घाटन कहिले गरिएको हो ? @ वि.सं. २०७८ फागुन ७ – सो प्रकाशन गृहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा काठमाडौँबाट भर्चुअल रूपमा गरिएको । – दुई वर्षअघि भाडाको पूर्वाधारबाट प्रकाशन सुरु भए पनि विविध कठिनाइका कारण प्रकाशनको काम अवरुद्ध बन्न पुगेको थियो । २. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान कहिले सुरुवात गरियो ? @ वि.सं. २०७८ फागुन ६ – करिब एक हप्ताको क्यालिब्रेसन फ्लाइटपश्चात् परीक्षण उडान गरिने । – वि.सं. २०७९ वैशाख १ गते विमानस्थल उद्घाटन गरिने । ३. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? @ छिमेकी चरा – सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको । – सो एपमार्फत चराको सङ्ख्या , जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको । – यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न...