पौष १३, २०७९ (विषयगत प्रश्नोत्तर)
पौष १३ , २०७९ ( विषयगत प्रश्नोत्तर) १. नेपालमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन गर्ने सन्दर्भमा विकास साझेदारको संलग्नतालाई कसरी निर्देश गरिएको छ ? उल्लेख गर्नुहोस्। @ नेपालले विकास सहायताको प्रभावकारितासम्बन्धी सन् २००५ को पेरिस उच्चस्तरीय सम्मेलन र त्यसपछि सम्पन्न सबै उच्चस्तरीय बैठकमा सहभागिता जनाउँदै आएको छ। सहायता प्रभावकारितासम्बन्धी पेरिस घोषणापत्रलगायतका अन्तर्राष्ट्रिय समझदारीमा ऐक्यबद्धता पनि व्यक्त गर्दै आएको छ। यिनै घोषणा र समझदारीसमेतलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति , २०७६ जारी भएको छ। यस नीतिले नेपालमा सहायता परिचालनका सन्दर्भमा विकास साझेदारको संलग्नतालाई निम्नबमोजिम निर्देश गरेको छ : – विकास साझेदारले सहायता र यसबाट सञ्चालन हुने आयोजनालाई राष्ट्रिय विकास योजना र प्राथमिकतासँग आबद्ध गर्ने , – विकास साझेदा...