गोरखापत्र ( वस्तुगत प्रश्नोत्तर) २०७९ माघ ११ १. बहराइन राज्यले प्रदान गर्ने प्रतिष्ठित इसा पुरस्कारबाट सम्मानित नेपाली चिकित्सक को हुन् ? @ डा. सन्दुक रुइत – मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पु-याएबापत वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत १० लाख डलर (करिब १३ करोड रुपियाँ) राशिको प्रतिष्ठित ‘ इसा अवार्ड ’ बाट सम्मानित भएका । बहराइनस्थित ‘ इसा अवार्ड फर द सर्भिस टु ह्युमानिटी ’ नामक संस्थाले सन् २०२३ जनवरी १७ मा रुइतको नाम छनोट गरी अवार्ड दिने घोषणा गरेको । – बहराइनका पूर्वराजा सेख इसा विन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको इसा अवार्ड सन् २०१३ देखि प्रदान गर्न थालिएको । – उत्कृष्ट मानव सेवा गर्न...