फाल्गुन ११, २०७८ (विषयगत प्रश्नोत्तर)
फाल्गुन ११ , २०७८ ( विषयगत प्रश्नोत्तर) प्रदेश सरकारका दायित्व नेपालको संविधान जारी भएपछि प्रदेश सरकार नयाँ संरचनाका रूपमा अस्तित्वमा आएको छ । प्रदेशलाई आफ्नो प्रशासनिक संरचना आफैँ बनाउन सक्ने स्वायत्तता छ । प्रदेश सरकार संवैधानिक कार्य जिम्मेवारी अनुकूल हुने सङ्गठन संरचना , कर्मचारी व्यवस्थापन , योजना तथा कार्यक्रम निर्माण , कार्यविधि र कानुन निर्माण , अनुगमन तथा स्थानीय तहबीचको समन्वय तथा सङ्घ र स्थानीय तहबीच पुल बन्ने गरी अगाडि बढ्न सके मात्र प्रदेश सरकारको औचित्य पुष्टि हुन्छ । प्रदेश सरकारको प्रभावकारिताले सङ्घीय प्रणालीको सफलतामा योगदान पुग्ने हुन्छ । यस परिप्रेक्षमा प्रदेश सरकारले प्राथमिकताका साथ चाल्नुपर्ने कदमबारे देहायका कुरालाई विचार गरी कार्यान्वयनयोग्य सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नुहोस् । @ ( २०७८ फागुन ६ मा उपसचिवका लागि सोधिएको प्रश्न) – क. प्रदेश सरकारले संविधानतः खेल्न सक्ने उत्तम भूमिका र सम्पादन गर्न सक्ने मुख्य–मुख्य कामहरू , – ख. उपयुक्त काम गर्नका लागि चाहिने न्यूनतम प्रशासनिक सङ्गठनात्मक स्वरूप , जनशक्ति व्यवस्थापन , त्यसको परिचालन , नियन...