Posts

फाल्गुन १८, २०७८ (विषयगत प्रश्नोत्तर)

Image
    १. लगानीमैत्री वातावरणका लागि आवश्यक पर्ने त ì व के के हुन् ? लेख्नुहोस् । @ लगानी भनेको पुँजी वृद्धि तथा विस्तार गर्ने कार्य हो । यसमा श्रम , सीप , प्रविधिको पनि प्रयोग तथा विस्तार हुन्छ । लगानी स्वदेशी तथा विदेशी दुवै हुने भएकाले दुवै लगानीका लागि मुलुकमा समष्टिगत आर्थिक स्थायित्व , सुरक्षा तथा सुशासनलगायतका त ì वको आवश्यकता पर्छ । यसले लगानीमैत्री वातावरण तयार गर्नमा मद्दत गर्छ । समग्रमा लगानीमैत्री वातावरणका लागि आवश्यक पर्ने त ì वहरू निम्न छन् ः – स्थिर राजनीतिक वातावरण , शान्ति सुरक्षा र स्थिर सरकार , – कर नीति तथा कर कानुनमा स्थायित्व , – सरल र पारदर्शी सेवा प्रवाह , – करका दर , ब्याज दर , मुद्रास्फीति दर तथा विदेशी विनिमय दरमा स्थिरता , – सीपयुक्त श्रमशक्तिको उपलब्धता , – स्वदेशी तथा विदेशी बजारको उपलब्धता र पहुँचको अवस्था , – सरल र पारदर्शी कर्जा प्रवाहका लागि सबल र सक्षम बैङ्क तथा वित्तीय संस्था , – समुद्रसम्मको दूरीको अवस्था , – उद्योग , व्यापार , पर्यटन , ऊर्जालगायतका लगानीका क्षेत्रमा दिइएको सुविधा तथा सहुलियत , – मुलुकमा भौतिक पूर्वाधार विक...