Posts

पुष १३, २०७९ (वस्तुगत प्रश्नोत्तर)

पुष १३ , २०७९ ( वस्तुगत प्रश्नोत्तर) १.          नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ तेस्रो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?  @           वि.सं. २०७९ पुस १० ü   राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभाका सदस्य प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको।   ü   वि.सं. २०६५ र २०७३ मा सरकारको नेतृत्व गर्नुभएका प्रचण्ड झन्डै छ वर्षपछि पुनः सत्ताको बागडोर सम्हाल्न पुग्नुभएको।   ü   नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदसहित १६९ ( एमाले : ७८ , माओवादी केन्द्र : ३२ , रास्वपा : २० , राप्रपा : १४ , जसपा : १२ , जनमत : छ , नागरिक उन्मुक्ति ः चार र स्वतन्त्र ः तीन) सांसदको समर्थन प्राप्त भएको   ।   २.          साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले प्रदान गर्ने ‘ सर्ट...