गोरखापत्र ( वस्तुगत प्रश्नोत्तर) २०७९ माघ ४ १. नेपालमा प्रथम ‘ राष्ट्रिय कृषि जैविक विविधता दिवस ’ कहिले मनाइयो ? @ वि.सं. २०७९ माघ १ – ‘ जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता ’ नाराका साथ यो दिवस मनाइएको । – नेपालमा जैविक विविधताअन्तर्गत देशको कुल २४ , ३०० प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धी प्रजाति रहेका , जसलाई कृषि जैविक विविधता भनिन्छ । – सरकारले वि.सं. २०७९ का लागि ‘ राष्ट्रिय कृषि जैविक विविधता ’ वर्षका रूपमा मनाउने साथै हरेक वर्ष माघ १ गतेका दिन कृषि जैविक विविधता दिवस मनाउने निर्णय गरेको । २. स्वतन्त्र भारतको पहिलो मतदाता कसलाई मानिन्छ ? @ श्यामशरण नेगी – बेलायतबाट भारत स्वतन्त्र भएपछि सन् १९५१ को अक्टोबर २५ मा भएको पहिलो निर्वाचनमा नेगीले मतदान गरे...