Posts

Showing posts from January, 2022

Date & Calender

Image
 

Model Que-Ans खरिदार/ना‍‍‌ सुब्बा २०७८ माघ १५ गते

Image
 

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) माघ १२, २०७८ बुधबार

  १. प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?  एपीएफ क्लब, वि.सं. २०७८ पुस १६ देखि माघ ५ सम्म – नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २१ रनले हराएर सो उपाधि जितेको हो । – एपीएफले उपाधि जितसँगै ट्रफी र पाँच लाख रुपियाँ हात पारेको छ । उपविजेता नेपाल पुलिसले तीन लाख रुपियाँ हात पारेको छ । सेमिफाइनलसम्मको यात्रा तय गर्ने नेपाल आर्मी क्लब र बागमती प्रदेश ५०–५० हजार रुपियाँका हकदार बनेका छन् । २. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ मा) कसलाई प्रदान गरियो ?  साहित्यकार हरि अधिकारी – गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिद्वारा हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । – पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । ३. संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरिएको छ ?  सन् २०२१–२०३० ४. २०७८ सालमा प्रदान गरिने उत्कृष्ट साझेदारी वन पुरस्कारबाट पुरस्कृत हुने साझेदारी वन समूह कुन हो ?  सवैया साझेदारी वन व्यवस्थापन समूह (पर्सा), पुरस्कार राशि रु. ५४ हजार ...

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) माघ १२, २०७८ बुधबार

  १. आन्तरिक नियन्त्रण प्रणालीका तìव के के हुन् ? लेख्नुहोस् ।  कार्यालयको कार्यलाई मितव्ययिता, पारदर्शिता एवं प्रभावकारिता ल्याउनका लागि विभिन्न पदमा कार्य विभाजन गर्ने र एकले गरेको कार्यले अर्कोको कार्यमा सन्तुलन हुने गरी एकआपसमा सन्तुलन र नियन्त्रणको प्रणाली स्थापना गरिएको हुन्छ । यो कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली हो । कार्यालयको कार्यप्रणालीमा स्वच्छता ल्याई अनियमितता हटाउँदै सुशासन कायम गर्ने उद्देश्य लिइएको यसको मूलभूत तìव कार्य विभाजन हो । यसका तìवहरूलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः – कार्य विभाजन, – आन्तरिक जाँच, – कार्यसम्पादन सम्झौता, – कार्यसम्पादन मूल्याङ्कन, – कार्यहरूको प्रतिवेदन लिने, – अनुगमन गर्ने, – निरीक्षण गर्ने, – निर्देशन दिने, – आन्तरिक लेखापरीक्षण गर्ने । २. नेपाली सेनामा पदपूर्ति समितिको गठन र सो समितिको काम, कर्तव्य र अधिकारबारे चर्चा गर्नुहोस् ।  सैनिक सेवा नियमावली, २०६९ ले नेपाली सेनामा रिक्त रहेको विभिन्न पदको खुला तथा आन्तरिक प्रतियोगिताद्वारा छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न पदपूर्ति समितिको गठन र सो समितिको काम, कर्तव्य र...

Coding & Decoding Part - 1

Image
 
Q.तलका जानकारीमध्ये कुन ठीक हो ?     ( क) अफगानिस्तानको राष्ट्रिय फूल लाल गुलाफ हो   ।     ( ख) बंगलादेशको राष्ट्रिय वृक्ष वरको रूख हो   ।     ( ग) बंगलादेशको राष्ट्रिय फल कटहर हो   ।     ( घ) भारतको राष्ट्रिय फल अम्बा हो   ।
१. सूर्य पृथ्वीभन्दा कति किमी टाढा छ ? – १४ करोड ८८ लाख किमी २. विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ? – एन्डिज ३. पशुपतिनाथलाई राष्ट्रदेव भनी नामकरण गर्ने राजा को हुन् ? – अंशुवर्मा ४. हिमपहिरोका कारण सेती नदीमा प्रलयकारी बाढी कहिले आएको थियो ? – २०६९ वैशाख २३ ५. नेपालका कुन प्रधानमन्त्रीले राहदानीको सुरु गरेका हुन् ? – भीमसेन थापा ६. नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्र सरोवर ७. शंखधर शाख्वा कुन कालका थिए ? – लिच्छवी ८. कैलालीको घोडाघोडी ताललाई अर्को कुन नामले चिनिन्छ ? – कपिल ताल ९. प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो ? – सन् १९१४ जुलाई २८ १०. नेपालको पूर्व–पश्चिम औसत लम्बाई कति छ ? – ८८५ किमी ११. विश्वको सबैभन्दा गहिरो कालिगण्डकीको गल्छी कुन–कुन हिमालको बीचमा पर्छ ? – अन्नपूर्ण र धौलागिरि १२. प्रसिद्ध बुलबुले ताल कुन जिल्लामा पर्छ ? – सुर्खेत १३. विद्युतको करेन्ट नाप्ने यन्त्रको नाम के हो ? – एमिटर १४. शरीरको कुन अंकको रोग पत्ता लगाउन ईसीजी गरिन्छ ? – मुटु १५. कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ? – चाल्र्स ब्याबेज १६....