१. मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अमेरिकी अनुदान सहायता सम्झौता प्रतिनिधि सभाबाट कहिले अनुमोदन भएको हो ? @ वि.सं. २०७८ फागुन १५ – सत्ता गठबन्धनमा रहेका नेपाली कांँग्रेस , नेकपा (माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी)बीच १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदनका लागि भएको समझदारीबमोजिम सम्झौता पारित भएको । – अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा नेपालको संविधानको धारा २७९ र प्रतिनिधि सभा नियमावलीको नियम २३० बमोजिम सभाले सम्झौताको अनुमोदन गरेको । – सम्झौताको संसदीय अनुमोदनसँगै अब सम्झौता कार्यान्वयनमा आउने । – प्रतिनिधि सभामा दर्ता भएको ३१ महिनापछि सम्झौता अनुमोदन भएको । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा २०७६ असार ३० मा सम्झौता दर्ता गरिएको थियो । – कानुन , न्याय तथा संसदीय मामिला मन्त्रालयको रायअनुसार संसद्मा दर्ता गरिएको थियो । कानुनकै रायअनुसार प्रतिनिधि सभाको साधारण बहुमतबाट अनुमोदन गरिएको । अन्य सन्धि भने सङ्घीय संसद्को दुवै सदनबाट अनुमोदनको अभ्यास रहेको । २. महाशक्ति राष्ट्र रुस र युक्रेनबीच युद्ध कहिले सुरु भएको हो ? @ सन् २०२२ फेब...