फाल्गुन १८, २०७८ (वस्तुगत प्रश्नोत्तर)
@ वि.सं. २०७८
फागुन १५
– सत्ता गठबन्धनमा रहेका नेपाली कांँग्रेस, नेकपा
(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच १२ बुँदे व्याख्यात्मक
घोषणासहित अनुमोदनका लागि भएको
समझदारीबमोजिम सम्झौता पारित भएको ।
– अर्थमन्त्री जनार्दन शर्माको
प्रस्तावमा नेपालको संविधानको धारा २७९ र प्रतिनिधि सभा नियमावलीको नियम २३० बमोजिम सभाले सम्झौताको अनुमोदन गरेको ।
– सम्झौताको संसदीय अनुमोदनसँगै अब सम्झौता
कार्यान्वयनमा आउने ।
– प्रतिनिधि सभामा दर्ता भएको ३१ महिनापछि सम्झौता
अनुमोदन भएको । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा २०७६ असार
३० मा सम्झौता दर्ता गरिएको थियो ।
– कानुन, न्याय तथा
संसदीय मामिला मन्त्रालयको रायअनुसार संसद्मा दर्ता
गरिएको थियो । कानुनकै रायअनुसार प्रतिनिधि सभाको साधारण बहुमतबाट
अनुमोदन गरिएको । अन्य सन्धि भने सङ्घीय संसद्को दुवै सदनबाट अनुमोदनको
अभ्यास रहेको ।
२. महाशक्ति राष्ट्र रुस र युक्रेनबीच युद्ध
कहिले सुरु भएको हो ?
@ सन् २०२२
फेब्रुअरी २४
– रुसले युक्रेनका दुई क्षेत्र दोनेत्स्क र
लुहान्स्कलाई सन् २०२२ फेबु्रअरी २१ मा
स्वतन्त्र राज्यको मान्यता दिई त्यहाँ शान्ति स्थापनाको नाममा सन् २०२२ फेब्रुअरी २२ मा आफ्नो सेना पठाएसँगै युद्धको सुरुवात भएको हो ।
– साथै युक्रेनले नेटोको सदस्यता लिने तयारी
गरिरहेको कुरा पनि रुसलाई स्वीकार्य छैन ।
– युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले
फेब्रुअरी २२ मा राष्ट्रका नाममा सम्बोधन
गर्दै रुसी हस्तक्षेप अस्वीकार्य भएको बताएका ।
– यसअघि सन् २०१४ मा
युक्रेनको क्रिमिया प्रायद्वीपलाई रुसले बलपूर्वक आफुमा विलय गराएको
थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको ।
– युक्रेनको सीमा पश्चिममा
युरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । युक्रेन पूर्व सोभियत सङ्घको सदस्य हो । युक्रेनले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई हटायो, यसबाट पनि रुस युक्रेनसँग बेखुस बन्न पुगेको थियो
।
– सन् १९९१ को अगस्तमा युक्रेन सोभियत सङ्घबाट
स्वतन्त्र भएको हो तर पछिल्लो समय युक्रेन
युरोप र अमेरिकाको नजिक भएको छ, जुन कुरा रुसलाई मन परेको छैन ।
– रुसको चाहना बेलारुसजस्तै युक्रेन पनि सधैँ आफ्नै
पक्षधर देश बनोस् भन्ने रहेको ।
– सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि
युक्रेनमा रुसविरोधी भावना बढ्यो । रुसविरोधी नारा दिएर पेट्रो
पोरोसेन्को राष्ट्रपति बने । सन् २०१९ मा हास्य
कलाकारसमेत रहनुभएका भ्लोदिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि
युक्रेन पश्चिमा देशसँग झनै नजिकियो ।
– अहिले युक्रेनमा आफ्नो पक्षधर
राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन ।
– रुस र युक्रेनबीच करिब १२ सय
माइल सीमा जोडिएको छ । युक्रेन पनि नेटोको सदस्य बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्न सक्नेछ । युक्रेनी नेतृत्व रुसविरोधी भए
रुसको सुरक्षा खतरामा पनी रुसी अधिकारीको चिन्ता छ ।
३. नेपाललाई बर्खायाममा बढी हुने विद्युत्
भारतले खरिद गर्ने सम्बन्धमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा कहिले सहमति भएको
हो ?
@ वि.सं. २०७८
फागुन १२
– फागुन १२ मा काठमाडौंँमा सम्पन्न नेपाल–भारत
ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठकमा सो सहमति भएको ।
– ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको नवौँ
बैठकले दुई देशबीच रहेका प्रसारण लाइन, निर्माणाधीन
तथा प्रस्तावित अन्तरदेशीय विद्युत् आयात निर्यात
लगायतका विषयमा छलफल गरी विभिन्न सहमति गरेको ।
– सन् २०१४ मा सम्पन्न
नेपाल–भारत विद्युत् व्यापार सम्झौताको दफा ५ मा व्यवस्था भएअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यससम्बन्धमा हुने
प्रगतिको
अनुगमन गर्न सचिवस्तरीय समितिको नवौँ बैठक बसेको
।
४. चर्चित Seven Rila Lakes कुन देशमा रहेको
छ ?
@ बुल्गेरिया
५. खानी तथा भूगर्भ विभागद्वारा गरिएको
अध्ययनअनुसार नेपालमा युरेनियमका कणहरू कहाँ भेटिएको छ ?
@ मुस्ताङ, मकवानपुर
र दैलेख
६. सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले
गरेका हुन् ?
@ लाउ ओटेन्स
(सन् २०२१ मार्च ६ मा उनको निधन भएको ।)
७. किराँत राई समुदायमा प्रचालित पर्व उधौली र
उभौलीमा नाचिने प्रमुख नृत्यलाई के भनिन्छ ?
@ साकेला
८. संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित कति
जना न्यायाधीश रहने व्यवस्था छ ?
@ पाँच जना
९.
नेपाल सरकारद्वारा कोभिड–१९ विरुद्धको खोप अभियान कहिलेबाट सुरु गरिएको हो ?
@ वि.सं. २०७७
माघ १४
१०.Templeton Prize–2021बाट सम्मानित
हुने व्यक्तित्व को हुन् ?
@ जेन गुडाल
११. सन् २०२३ को One Day International World Cup क्रिकेट
प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
@ भारत
१२. गरिबी निवारण कोष कहिले खारेज भएको हो ?
@ वि.सं. २०७८
(स्थापना ः वि.सं. २०६०)
१३. लोकगायक तथा कलाकार जयनन्द लामाको निधन
कहिले भएको हो ?
@ वि.सं. २०७८
फागुन ११
– लोकगायक, सङ्गीतकार, अभिनेता, निर्माता
तथा निर्देशकका रूपमा आफ्नो परिचय बनाउनुभएका
लामा पाँच दशकदेखि कलाकारितामा क्रियाशील रहँदै आउनुभएको थियो ।
– २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय
गर्नुभएका लामाले लोकसङ्गीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि
गर्दै आउनुभएको ।
– लामाको आवाजमा रहेका कलकत्ते काइँयो, केस
मेरो बाङ्ग्यो...,
टेबलमा ऐना छ..., चट्ट
परेको चुल्ठी...,
हेर्दैमा राम्री..., चुइँचुइँ
चुइँकने
जुत्ता..., नाच्यो झिल्के
नाच्यो..., मुलाको चाना..., सलल...लगायतका गीत निकै
लोकप्रिय रहेका ।
– सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा
पछिल्लो समय हास्य टेलिशृङ्खला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो ।
१४. Expect Amazing कुन खेल
आयोजनासँग सम्बन्धित रहेको छ ?
@ फिफा विश्वकप
२०२२
१५. सार्वजनिक संस्थानको वार्षिक स्थिति
समीक्षा २०७८ अनुसार अस्तित्वमा रहेकामध्ये कति संस्थान नाफामा रहेका छन् ?
@ २४ (घाटामा
सञ्चालित ः १८ र शून्य कारोबार गरेका संस्थान ः २)
१६. भैरव पुरस्कार गुठीले भैरव पुरस्कार–२०७८
कसलाई प्रदान ग-यो ?
@ व्यङ्ग्यकार
नरनाथ लुइँटेल (पुरस्कार राशि ः १,०१,१११÷–)
– त्यस्तै पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव
वाङ्मय पुरस्कार (राशिः रु. १,०१,१११÷–) संस्कृतिविद्
तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको ।
– भैरव प्रतिभा पुरस्कार (राशि ः रु ५१,१११÷–) साहित्यकार
विमल भौकाजीलाई प्रदान गरिएको ।
१७. पाठयक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?
@ उद्देश्य, विषयवस्तु, शिक्षण
सिकाइ, कौशल र मूल्याङ्कनको लेखाजोखा
१८. जितगढी रुपन्देहीमा पर्छ भने अमरगढी कहाँ
पर्छ ?
@ डडेलधुरा
१९. ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला
हो’ भन्ने विद्वान् को हुन् ?
@ मार्क
भानडोरेन, अमेरिकी कवि
२०.
कुन जनावरलाई मरुभूमिको जहाज भनी चिनिन्छ ?
@ ऊँट
२१. विश्वमा सर्वप्रथम बजेट पेस गर्ने व्यक्ति
को हुन् ?
@ रबर्ट वालपोल
(ब्रिटेनका तत्कालीन वित्तमन्त्री)
२२. राजमाता वसन्तावतीले कुन नदीको किनारमा
दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?
@ चेपे नदी
२३. प्राचीन कालमा चोभारलाई कच्छपाल गिरि भनी
चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
@ दोलाद्री गिरी
२४. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पन्छी
पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ?
@ सन् १८५०
– (यो पन्छी अन्तिम पटक सन् १८५० मा देखिएको ।)
२५. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा
प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
@ कुलवीर थापा
२६. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य
दूतावासको स्थापना कहिले गरिएको हो ?
@ वि.सं. २०७४
भदौ २५ (१० सेप्टेम्बर २०१७)
२७. संयुक्त राष्ट्रसङ्घद्वारा बालअधिकार
महासन्धि कहिले पारित गरिएको हो ?
@ सन् १९८९
२८. हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?
@ आङरिता शेर्पा
– (अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल
पर्वतारोही । चोयु,
मनास्लु, ल्होल्से, अन्नपूर्ण, धौलागिरि, माउन्ट
के टुलगायतका दर्जनौैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको
हिरोका रूपमा चिनिने । आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल
भएका ।)
२९. झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के
भनिन्छ ?
@ भाइजन
३०. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा
भिटो ख्भ्त्इ प्रयोग गर्ने अधिकार कसलाई छ ?
@ पाँच स्थायी
सदस्य राष्ट्र
– (अमेरिका, रुस, बेलायत, फ्रान्स
र चीन)
Comments
Post a Comment